२९ माघ २०८२, बिहिबार

श्री एयरलाइन्सको इञ्जिनमा आगो लागेपछि त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण

प्रकाशित मिति :  9 March, 2023 10:41 am


काठमाडौँ । काठमाडौँबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको विमानमा आगो लागेपछि त्रिभुवन विमानस्थल सुरक्षित अवतरण गरिएको छ ।

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको विमानमा उड्ना साथ दाँया भागको इञ्जिनमा आगलागी भएको हो ।

त्रिभुवन विमानस्थलबाट उडेको करिब २० मिनेटमा इन्जिन अफ गराएर विमानलाई काठमाडौंमा नै अवतरण गराइएको एयरलाइन्सले जनाएको छ । विमानमा रहेका सबै यात्रुहरू सुरक्षित रहेको एयरलाइन्सका एक अधिकारीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !