२४ मंसिर २०८२, बुधबार

हराएका २३ मोटरसाइकल प्रहरीद्वारा सम्बन्धित धनीलाई हस्तान्तरण

प्रकाशित मिति :  9 March, 2023 1:52 pm


काठमाडौैँ । विभिन्न मितिमा हराएका २३ ओटा मोटरसाइकल र स्कुटर प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रम गरी २० वटा मोटरसाइकल र ३ वटा स्कुटर धनीलाई बुझाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अबिनारायण काफ्लेले बताए ।

गत साउनदेखि हालसम्म सवारी साधन हराएको भनी उपत्यका ट्राफिक प्रहरी कार्यालयमा १ हजार १६२ वटा निवेदन परेको थियो । त्यसमध्ये प्रहरीले ३ सय ५३ वटा मात्र फेला पारेको छ र ३ सय २८ वटा सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ । फागुन महिनामा मात्र प्रहरीले हराएकव २४ वटा सवारी साधन फेला पारेको छ र २६ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

साउनयता धनी नखुलेका ९५ वटा मोटरसाइकल र स्कुटर पनि भेटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ती सवारी साधन यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाइएको छ । जसमध्ये असोज महिनामा ३६, पुसमा ४०, माघमा १४ र फागुनमा ५ वटा सवारी साधन बुझाइएको हो । सवारी साधन चोरी तथा हराउनबाट जोगाउन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लागायत सुरक्षा साइरनहरू जडान गरी सवारी साधन जोगाउन प्रहरी उपरीक्षक काफ्लेले अनुरोध समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !