१० पुस २०८२, बिहिबार

काँग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न सकिँदैन : अध्यक्ष ओली

प्रकाशित मिति :  9 March, 2023 2:45 pm


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने बताएका छन् ।

राष्ट्रपतिको निर्वाचनपछि आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने,“ राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउनसक्छ ।”

उनले आगामी राष्ट्रपतिबाट देशको हीतको रक्षा, सार्वभौम सत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रिय हीत र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने, संविधानको पक्षमा उभिनलाई आफ्नो स्वार्थमा व्याख्या गर्ने, त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षक, पालकको हिसावले देशको अभिभावकको भूमिका वहन गर्नसक्ने राष्ट्रपति आवश्यक रहेको बताए ।

यसअघिका राष्ट्रपतिको आलोचना गर्नेहरु संकीर्ण स्वार्थ बोकेकाहरूले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको मर्यादा नगरेको भन्दै राष्ट्रपतीय प्रणालीलाई नै मन नपराउने, जन्मिदै श्रेष्ट भनेर जस्तो भए पनि पुज्ने बानी परेका र संकीर्णताका काम गर्नेहरूले देशका लागि अडेर काम गरे भनेर बिरोध भएको ओलीको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !