१० पुस २०८२, बिहिबार

चितवन-२ मा हुने उपनिर्वाचनका लागि चुनावचिन्ह प्रदान

प्रकाशित मिति :  9 March, 2023 4:57 pm


काठमाडौँ । २०८० साल वैशाख १० गते आइतबार हुने चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दलहरूलाई चिन्ह प्रदान गरिएको छ ।

आयोगले दल दर्ता गरेर निर्वाचन चिन्ह प्रदान गरेको हो । निर्वाचनका लागि १८ दल दर्ता भएका छन् ।

आयोगले भनेको छ,“गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा र प्रतिनिधि सभामा प्रतिनिधित्व नगर्ने राजनीतिक दलहरूलाई निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएको क्रमको आधारमा उम्मेदवारको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्ने निर्णय समेत आयोगबाट गरिएको छ ।”

मङ्सिर ४ गते भएको निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य रबि लामिछानेको पद नागरिकता विवादका कारण गएपछि चितवन २ मा उपनिर्वाचिन हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस !