१० पुस २०८२, बिहिबार

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

प्रकाशित मिति :  9 March, 2023 5:02 pm


काठमाडौँ । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

संघीय संसदमा भएको निर्वाचनमा नेपाली कांग्रेसका पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् ।

पौडेललाई १० दलले समर्थन गरेका थिए । पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले मतदान गरेका थिए ।

पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका छन् । पौडेल मुलुकको तेस्रो राष्ट्रपति हुन् ।

एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे । राप्रपा र नेमकिपाले भने राष्ट्रपति निर्वाचनमा सहभागिता जनाएनन् ।



प्रतिक्रिया दिनुहोस !