१० पुस २०८२, बिहिबार

राष्ट्रपति पौडेल आज पशुपति र बिपी संग्रहालय जाने

प्रकाशित मिति :  10 March, 2023 7:43 am


काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन्। पौडेलको सचिवालयका अनुसार आज बिहान ८ बजे सभामुख र राष्ट्रपति पौडेलबिच भेटवार्ता हुनेछ।

त्यसलगतै उनी आज पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भएका छन् । बिहान ९ बजे पशुपतिमा पूजापाठ गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति पौडेल पशुपति मन्दिर जाने भएपछि त्यहाँ बिहानैदेखि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको गौशाला प्रहरीले जनाएको छ ।

राष्ट्रपति पौडेल आजै ११ बजे सुन्दरीजल पनि जानेछन्। त्यहाँ पुगेर बिपी संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ। पौडेल बिहीबार मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका थिए।



प्रतिक्रिया दिनुहोस !