माओवादी धारले २८ गते पत्रकार सम्मेलन गर्दै
प्रकाशित मिति : 10 March, 2023 9:38 am
काठमाडौँ । माओवादी धारहरुको बैठकले द्वन्द्वकालीन घटनाको विषयमा पत्रकार सम्मेलन र संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २८ गते पत्रकार सम्मेलन गर्ने र ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जानकारी दिए ।
बैठकले शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र भइरहेको भन्दै विभिन्न दबाबमूलक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सीपी गजुरेल, नेत्रविक्रम चन्द ‘विप्लव’, कृष्णबहादुर महरा, जनार्दन शर्मा, हिसिला यमी, खड्गबहादुर विक ‘प्रकाण्ड’, आहुति, कर्णजित बुढाथोकी, हेमन्तप्रकाश वलीलगायत उपस्थित थिए ।








