१० पुस २०८२, बिहिबार

फरक समुदायको महिला उपराष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने माओवादी केन्द्रको सुझाव

प्रकाशित मिति :  10 March, 2023 11:00 am


काठमाडौँ । नेकपा(माओवादी केन्द्र) का महासचिव देव गुरुङले उपराष्ट्रपतिमा लैंगिक रूपले फरक र सामुदायिक फरक हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताएमा छन् ।

माओवादी धारका दलहरूको बैठकपछि बोल्दै महासचिव गुरुङले नेपालको अहिलेको अवस्था स्थितिअनुसार फरक समुदायको महिला नै भए राम्रो हुने बताए ।

उनले आफ्नो पार्टीले फरक समुदायको महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन गठबन्धनका घटकहरूले पहल गर्नुपर्नेमा जोड दिए ।

उनले भने,“उपराष्ट्रपतिमा जसले सिफारिस गरेको भए पनि संविधानतः राष्ट्रपति र उपराष्ट्रपतिको बिचमा लैंगिक रूपले फरक र सामुदायिक फरक भन्ने छ । अभ्यास हामीले के बसाल्ने प्रक्रियाको सुरु गरियो भने एउटा पुरुष भए अर्को महिला हुनुपर्छ भन्ने मान्यता बसिसकेको छ ।”

महासचिव गुरुङले उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आचारसंहिता सकिने भएकाले ५ गतेपछि मात्रै सरकार विस्तार हुने बताए ।



प्रतिक्रिया दिनुहोस !