१० पुस २०८२, बिहिबार

माओवादी घटकहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै

प्रकाशित मिति :  12 March, 2023 7:44 am


काठमाडौँ । माओवादी घटकले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका माओवादी घटकहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्न लागेको हो ।

दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा पत्रकार सम्मेलन आयोजना गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेको नेकपा माओवादी केन्द्रका पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि नजिकिएका माओवादी घटकहरुको बैठकले २८ गते संयुक्त पत्रकार सम्मेलन र ३० गते अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो ।

शुक्रबार सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले १५ दिनभित्र आफैँ उपस्थित भएर वा प्रतिनिधिमार्फत लिखित जवाफ दिन प्रधानमन्त्री प्रचण्डलाई आदेश दिएको छ ।



प्रतिक्रिया दिनुहोस !