उपराष्ट्रपति उम्मेदवारको अन्तिम नामावली बेलुका ५ बजेभित्र प्रकाशन हुने
प्रकाशित मिति : 12 March, 2023 10:32 am
काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशन हुने भएको छ । आज साँझ ५ बजेभित्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादवको उम्मेदवारी खारेजीको माग गर्दै अष्टलक्ष्मी शाक्य र ममता झाले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।
यसअघि शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले खस\आर्य बाहेकका समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो।








