ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु
प्रकाशित मिति : 12 March, 2023 11:26 am
काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान सवा ९ बजे दुर्घटना भएको हो । दुर्घटनामा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरीले कार्यलयले जनाएकाे छ ।
ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटना मृत्यु हुनेमा २ महिला, २ पुरुष र १ बच्चा रहेका छन् ।
प्रहरीका अनुसार दुर्घटनाको बेला बसमा २९ जना यात्रु थिए । ती मध्ये १९ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटको अस्पतालमा पठाइएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।








