जिरिखिम्ती भलिबल प्रतियोगितामा षडानन्द पालिका १ विजयी
काठमाडौं । तेह्रथुम जिल्लास्थि जिरिखिम्ती युवाक्लबले आयोजना गरेको भलिबल प्रतियोगितामा षडानन्द गाउँपालिका वडा नं. १ प्रथम भएको छ ।
तेह्रथुमको म्याङलुङ नगरपालिकास्थित जिरिखिम्ती बजारमा फागुन २० गतेदेखि एक सातासम्म खोरुन्डे मेला सम्पन्न भएको हो।
मेलाअवधिमा आसपासका पालिकाबाट सहभागी प्रतियोगिमध्येबाट सो फुटबल खेलमा एपीएफ क्लब जिरिखिम्ती गुल्मले दोस्रो स्थान हासिल गरेको छ।
भलिवमा प्रथम हुने टिमले नगर रु. ७५ हजार ५७५ प्राप्त गरेको छ । प्रथम पुरस्कार, मेडल र प्रमाणपत्रको प्रायोजन अखिल नेपाल किसान महासंघका महासचिव बाबुराम थापाले गरेका हुन् । दोस्रो स्थान हासिल गर्ने एपीएफले रू. ४० हजार ४४० रुपैया प्राप्त गरेको छ।

आयोजित फुटबल प्रतियोगितामा म्याङलुङ नगरपालिका वडा नं. ९ प्रथम भएको छ भने आयोजक जिरिखिम्ती युथ क्लबले दोस्रो स्थान हासिल गरेको छ।
ब्याडमिन्टल प्रतियोगितामा महेश आचार्य र मिराक लिम्बुको समूह प्रथम भएको छ भने थोगुवा लिम्बु र दामोदर बुढाथोकीको समूह दोस्रो भएको छ।
दोहोरी गीत प्रतियोगितामा निर्मला तामाङ र सुनिता तामाङ प्रथम भए भने विष्णु भट्टराई र विकास कार्कीको समूह दोस्रो तथा राजन खनाल र डकराज श्रेष्ठको समूह तेस्रो भएको छ ।
समापन कार्यक्रममा म्याङलुङ लगरपालकाका मेयर सञ्जय कुमार तुम्बाहाम्फे र पुरस्कारका प्रायाेजक थापाले पुरस्कार वितरण गरेका थिए ।








