नेकपा एमाले प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरी नियुक्त
प्रकाशित मिति : 12 March, 2023 4:42 pm
काठमाडौँ । नेकपा एमाले प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरीलाई नियुक्त भएका छन् ।
निवर्तमान स्वास्थ्यमन्त्री गिरीलाई एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।
सचेतकमा महेश बर्तौला नियुक्त भएका छन् । गिरी पर्वत र बर्तौला मकवानपुर २ बाट निर्वाचित सांसद हुन् ।
गिरी दोस्रोपटक चुनाव जितेर छोटो समय मन्त्री बनेर बाहिरिएका नेता हुन् । उनी विद्यार्थी राजनीतिमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति भएका थिए ।
त्यस्तै बर्तौला पहिलोपटक चुनाव जितेर संसदमा आएका हुन् । बर्तौला विद्यार्थी राजनीतिमा हुँदा मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए ।








