१० पुस २०८२, बिहिबार

उपराष्ट्रपतिमा ४ जनाकाे उम्मेदवारी कायमै

प्रकाशित मिति :  12 March, 2023 5:38 pm


काठमाडौँ । उपराष्ट्रपति पदका लागि ४ जना उम्मेदवारबीच प्रतिस्प्रर्धा हुने भएको छ ।

निर्वाचन आयोगले दिएको समयावधि आजसम्म उम्मेदवार दिएका कोही पनि उम्मेदवारहरूले नाम फिर्ता नलिएपछि ४ जनाकै उम्मेदवारी कायम रहेको हो ।

उपराष्ट्रपतिका लागि अब नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा, जनता समाजवादी पार्टी, नेपालबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति पदको उम्मेदवार रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताए ।

उनले भने,“नाम फिर्ता लिने समय १ देखि ४ बजेसम्मको थियो । कुनैपनि उम्मेदवारले नाम फिर्ता लिनुभएन र हामीले अहिले अन्तिम नामावली प्रकाशित गरिसकेका छौँ । अष्टलक्ष्मी शाक्य बोहरा, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव हुनुहुन्छ ।”

उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !