१० पुस २०८२, बिहिबार

रामचन्द्र पौडेलले सांसदबाट दिए राजीनामा

प्रकाशित मिति :  13 March, 2023 12:55 pm


काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सांसद पदबाट राजीनामा दिएका छन् ।

उनले सोमबार सभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् । पौडेलले आइतबार पार्टीको साधारण सदस्यतासमेत त्यागिसकेका छन् । गत मंसिर ४ को निर्वाचनमा पौडेल तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।

फागुन २५ मा भएको राष्ट्रपति निर्वाचनमा निर्वाचित भएका पौडेले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।



प्रतिक्रिया दिनुहोस !