१० पुस २०८२, बिहिबार

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पद तथा गोपनीयताको शपथग्रहण

प्रकाशित मिति :  13 March, 2023 1:44 pm


काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो आयोजित विशेष समारोहकाबिच नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नवनिर्वाचित राष्ट्रपति पौडेललाई शपथ गराएका हुन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति लगायतको उपस्थिति रहेको थियो । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

सो अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । साथै नेपाली सेनाको एक टुकडीले निःवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाईका क्रममा सलामी अर्पण गरेको छ ।

साथै निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिदाईका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए । आजदेखि नै राष्ट्रपति पौडेलले राष्ट्राध्यक्षको रुपमा काम गर्ने छन् ।



प्रतिक्रिया दिनुहोस !