१८ माघ २०८२, आइतबार

शितलनिवासबाट विदा भइन् निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी

प्रकाशित मिति :  13 March, 2023 2:21 pm


काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट बिदा भएकी छन् । सोमबार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सपथ ग्रहण गरेसँगै निवर्तमान राष्ट्रपति भण्डारीले शितल निवास छोडेकी हुन् ।

बूढानीलकण्ठस्थित निजी निवास निर्माणको काम नसकिएकाले उनी सीधै छोरीको घरमा जाने भएकी हुन् । शीतल निवासबाट निवर्तमान राष्ट्रपति भण्डारी जेठी छोरी उषाकिरणको घरमा जाने भएकी छन् । उनको घर बालुवाटारमा छ ।

यसअघि देवर कैलाश भण्डारीको घरमा सर्ने तयारी भएपनि त्यहाँ सुरक्षाकर्मी बस्ने ठाउँ नभएपछि भण्डारी आफ्नो घर निर्माणको काम नसकेसम्म छोरीको घरमा बस्न लागेकी हुन् ।

निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँखीझ्याल उपहार दिएर बिदाइ गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !