१० पुस २०८२, बिहिबार

संसदमा महिलाहरूको भूमिकाबारे उल्लेखनीय चर्चा हुन सकेन : मन्त्री शर्मा

प्रकाशित मिति :  13 March, 2023 3:32 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा महिलाहरूको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको गुनासो गरेकी छन् ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा महिलाहरूले निभाएको भूमिकाको चर्चा हुन नसकेको बताएकी हुन् ।

उनले अवसर पाएका महिलाहरूलाई असफल हुने छुट नभएको बताइन् । मन्त्री शर्माले संसदमा कानून निर्माण गर्दा महिलाहरूले नै सबैभन्दा बढी संशोधन गर्ने भएपनि त्यसको मूल्याङ्कन हुन नसकेको गुनासो गरिन् ।

संसदमा कोरम पु¥याउने सवालमा पनि महिलाहरुको उपस्थिति महत्वपूर्ण रहेपनि त्यसको बाहिरी पक्षमा मूल्याङ्कन गर्न नसकेको उनको भनाई थियो ।

मन्त्री शर्माले भनिन्,“नीति निर्माण गर्ने ठाउँमा हामी पुगेका छौँ । कति सफल भएका हौँला, कति असफल भएका हौँला । अवसर पाएका पुरुषहरु सबै सफल हुँदैनन्, अवसर पाएका महिलाहरु पनि सबै सफल हुँदैनन् । तर समस्या के छ भने महिला सफल नहुँदा त्यो कम्युनिटी असफल हुन्छ, पुरुष असफल हुँदा व्यक्ति मात्रै हुन्छ । यहाँनेर समस्या छ ।”

मन्त्री शर्माले पुरुष असफल हुन भनेको एउटा व्यक्ति मात्रै असफल हुनु रहेको तर महिलाहरु असफल हुँदा समाज नै असफल हुने बताइन् ।



प्रतिक्रिया दिनुहोस !