कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा
प्रकाशित मिति : 14 March, 2023 8:24 am

कैलाली । आज कैलाली र कञ्चनपुरमा सार्वजनिक दिइएको छ । राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिइएको हो।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गरी कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिएको जानकारी गराएको छ।
कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदायले सबैभन्दा ठुलो महत्त्वपूर्ण पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाउँने गर्दछन् । २०७६ सालदेखि यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा दिन थालेको हो ।