नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त
प्रकाशित मिति : 14 March, 2023 8:43 am
काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त भएकी छन् ।
दलका नेता डिल्लीबहादुर चौधरीले सोमबार गिरीलाई सचेतकमा नियुक्त गरेका हुन् । उनी गत मंसिर ४ मा भएको चुनावमा समानुपातिकतर्फबाट सांसद बनेकी थिइन्।
प्युठानबाट समानुपातिक निर्वाचित गिरी नेपाली कांग्रेस लुम्बिनीको सहमहामन्त्री समेत हुन ।









