१० पुस २०८२, बिहिबार

राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने घोषणा

प्रकाशित मिति :  14 March, 2023 10:38 am


काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले संघीयताको विरुद्धमा देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

फागुन १७ गते बुटवलमा सम्पन्न राष्ट्रिय परिषद् बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताका विरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिको भनिएको छ, ‘बैठकले संघपर्षका आगामी कार्यक्रम तय गरेको छ। संघीयताविरूद्ध यही चैत १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय भएको छ।’

जारी विज्ञप्तिमा जनमोर्चाले चैत्र २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा “गणतन्त्रको रक्षा गरौँ, प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौँ” भन्ने मूल नारासहित सभाका कार्यक्रमहरू गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !