२० बैशाख २०८१, बिहिबार

डीडीसीले लागू गर्याे दुधकाे बढेकाे खरिद मूल्य, उपभाेक्ता मूल्य बिहिबार बाट बढ्ने

प्रकाशित मिति :  15 March, 2023 7:49 am


काठमाडाैँ । सरकारी स्वामित्वकाे दुग्ध विकास संस्थान (डीडीसी) ले सरकारले निर्धारण गरेकाे दुधकाे न्युनतम खरिद मूल्य आज (बुधवार)देखि लागू गरेकाे छ । 

सरकारले गत फागुन ११ गते ४ फ्याट र ८ एसएनएफ गुणस्तरकाे दुधकाे खरिद मूल्य प्रतिलिटर ६५ निर्धारण गरेकाे थियाे । 

निजी डेरीले सरकारले खरिद मूल्य निर्धारण गर्ने निर्णय गरेकाे एक सातामा विक्री मूल्यमा समायाेजन गर्दै ३ फ्याट र ८ एसएनएफकाे प्रशाेधित दुधकाे मूल्य प्रति पाेका (आधा लिटर) लागू गरेका छन् । 

डीडीसी बढेकाे मूल्य अनुसार दुध खरिद गर्न दुग्ध सहकारीलाइ पत्राचार गरेकाे छ । विक्री मूल्य (उपभाेक्ता मूल्य) पनि बिहीबार बाट बढ्ने डीडीसीका महाप्रवन्धक सञ्जीव झाले बताए ।

डीडीसीकाे उपभाेक्ता मूल्य निजी डेरीकाे भन्दा फरक हुने उनले बताए । कति रूपैया बढ्याे भन्ने चैं खुलाइएकाे छैन ।



प्रतिक्रिया दिनुहोस !