उपराष्ट्रपतिमा जसपाका उम्मेदवार यादवलाई मत दिने नेपाली कांग्रेसको निर्णय
प्रकाशित मिति : 15 March, 2023 12:29 pm
काठमाडौ । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार जनता समाजवादी पार्टीका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।
बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितको बैठकले जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए ।
यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा सत्ता गठबन्धनका यादव सहित नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उम्मेदवार रहेका छन् ।








