१३ बैशाख २०८१, बिहिबार

आजदेखि डिडिसि दुधको मूल्य बढ्यो

प्रकाशित मिति :  16 March, 2023 8:18 am


काठमाडौँ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसि) ले आजदेखि लागू हुने गरी दूधको मूल्य बढाएको छ ।

संस्थानले आजदेखि लागू हुने गरी उपभोक्ताका लागि सबै ४ प्रकारको दूधको मूल्यमा ११ रुपैयाँदेखि १६ रुपैयाँसम्म बढाएको हो । निजी डेरी सङ्गठनले यसअघि नै दूधको मूल्य बढाई सकेका छन् ।

आजदेखि दूध निलो प्याकेटको मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैयाँ पुगेको छ । त्यस्तै हरियो प्याकेटको दूधको मूल्य प्रतिलिटर १३० रुपैयाँ पर्नेछ ।

त्यस्तै गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढेर प्रतिलिटर ११६ रुपैयाँमा पर्नेछ भने चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँमा पुगेकाे छ।

सरकारले गत फागुन ११ गते ४ फ्याट र ८ एसएनएफ गुणस्तरको दुधको खरिद मूल्य प्रतिलिटर ६५ निर्धारण गरेको थियो । 



प्रतिक्रिया दिनुहोस !