बागमती प्रदेशका मुख्यमन्त्रीले चैत ८ गते विश्वासको मत लिने
प्रकाशित मिति : 16 March, 2023 2:21 pm
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री जम्मकट्टेलले यही चैत ८ गते बुधवार विश्वासको मत लिनको लागि प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गरेका छन् ।
केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको थियो । त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।
२५ पुसमा एमाले, माओवादी, राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका उनले राप्रपाले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन लागेका हुन् ।








