१० पुस २०८२, बिहिबार

उपराष्ट्रपति निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा

प्रकाशित मिति :  16 March, 2023 3:13 pm


काठमाडौँ । उपराष्ट्रपति निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको छ ।

आयोग र निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट भोली हुने उपराष्ट्रपति निर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन जनाएको हो ।

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग सम्बन्धित सबै पक्षमा आग्रह गरेको छ ।

मतदानको समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको हो । उपराष्ट्रपतिबाट सत्ता गठबन्धनबाट रामसहायप्रसाद यादव उपराष्ट्रपतिको उम्मेदवार छन् भने नेकपा एमालेबाट अष्ठलक्ष्मी शाक्यलाई उम्मेदवार बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !