१० पुस २०८२, बिहिबार

उपराष्ट्रपति पुन निजी निवासमा सरे

प्रकाशित मिति :  16 March, 2023 3:25 pm


काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ निजी निवासमा सरेका छन् । पुन आज अपरान्ह उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका हुन् ।

प्रेस संयोजक मनोज घर्तीमगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“ उहाँ आज अपरान्ह १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरी नगरपालिका वडा नं. १ दहचोकस्थित निजी निवासमा सर्नुभएको हो ।”

चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेकाले उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाई सहजताका लागि उपराष्ट्रपति पुन आजै निजी निवासमा सरेको प्रेस संयोजक घर्तीको भनाई छ ।

नयाँ उपराष्ट्रपतिको पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण नभएसम्म निजी निवासबाटै उपराष्ट्रपति पुन कार्यालय पुग्ने जारी विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !