स्ववियु चुनाव : मौन अवधि सुरू, प्रचारप्रसारमा रोक
प्रकाशित मिति : 17 March, 2023 9:12 am
काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा गएराति १२ बजेदेखि मौन अवधि सुरू भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार गएराति १२ बजेदेखि मौन अवधि सुरू भएको हो ।
निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार-प्रसार बन्द गरिने प्रावधान अनुसार बिहिबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ ।
उम्मेदवारले गयराति १२ बजेदेखि कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने तथा निर्वाचनसम्बन्धी ब्यानर, फ्लेक्स र कुनै प्रकारको पोष्टर टाँस्न नपाइने उल्लेख गरिएको छ ।
देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार स्ववियु निर्वाचन हुँदैछ ।








