१६ चैत्र २०८०, शुक्रबार

उपराष्ट्रपति पदका लागि मतदान जारी

प्रकाशित मिति :  17 March, 2023 10:44 am


काठमाडौँ । उपराष्ट्रपति पदका लागि मतदान जारी रहेको छ ।

नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा उपराष्ट्रपति पदका लागि मतदान चलिरहेको हो ।

मतदान प्रक्रिया बिहान १० बजेबाट शुरु भएको हो भने दिउँसो ३ बजेसम्म चल्नेछ । उपराष्ट्रपतिमा उम्मेदवार रामसहायप्रसाद यादवले पहिलो मतदान गरे । अन्य उम्मेदवारहरू अष्टलक्ष्मी शाक्य र ममता झाले सांसद नभएका कारण मतदान गर्न पाउदैनन् ।



प्रतिक्रिया दिनुहोस !