जनमत पार्टीकी उम्मेदवार ममता झा लाई मत दिने रास्वपाको निर्णय
प्रकाशित मिति : 17 March, 2023 2:11 pm
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने निर्णय गरेको छ । संसद भवनमा उपराष्टपति चयनका लागि मतदान जारी रहँदा छलफलमा जुटेको रास्वपाले झा लाई मतदान गर्ने निर्णय गरेको हो ।
‘सत्ता गठबन्धनको एउटा पक्ष र एमालेले उठाएको उम्मेदवारमा स्वार्थ रहेकोले जनमत पार्टीलाई मत दिने निर्णय गरेको बैठकमा सहभागी एक सांसदले बताए । उनले भने जनमत पार्टी नयाँ दल भएको र महिला उम्मेदवार पनि भएकाले झालाई मत दिने निष्कर्षमा पुगेका हौं’, ती सांसदले भने ।
उपराष्ट्रपतिमा झासँगै जनता समाजवादी पार्टी (जसपां)का रामसहाय यादव र एमालेकी अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार छन् ।








