२४ मंसिर २०८२, बुधबार

उपराष्ट्रपतिको निर्वाचनको मतगणना साढे ३ बजेदेखि सुरु हुने

प्रकाशित मिति :  17 March, 2023 3:20 pm


काठमाडौं । नयाँ उपराष्ट्रपतिको निर्वाचनमा मतदान सम्पन्न भएको छ । शुक्रबार (आज ) बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ । ।

नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको मतदानको साढे ३ बजेबाट नयाँ बानेश्वरस्थित संसद् भवनमा मतगणना सुरु हुने आयोगले जनाएको छ ।

निर्वाचनमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८२९ जनाले मतदान गरे । संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन् ।

उपराष्ट्रपतिमा नेकपा ९एमाले० बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिलाकुमारी र रामसहायप्रसाद यादवको उम्मेदवारी परेको छ । शाक्य र रामसहाय यादव प्रमुख प्रतिस्पर्धीको रूपमा छन् ।



प्रतिक्रिया दिनुहोस !