१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधि सभाका सभामुख घिमिरेको टिप्पणी,‘पत्रकारहरू बिक्रीमा छन्’

प्रकाशित मिति :  17 March, 2023 4:00 pm


काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको टिप्पणी गरेका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा सभामुख घिमिरेले आफूमा यस्तो मान्यता रहेको बताए ।

सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर ‘विग हाउस’हरू प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरुलाई त्यसबाट मुक्त हुन पनि आग्रह गरे । मुलुकमा पित पत्रकारिता निकै डर लाग्दो गरी देखापरेको सभामुख घिमिरेको बुझाई छ ।

उनले पत्रकारहरूले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताए ।

सभामुख घिमिरेले सरकार र पत्रकारहरुबिचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताए ।

उनले सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानून निर्माणका लागि पत्रकारहरुले राम्रो भुमिका निर्माण गर्नसक्ने पनि स्मरण गराए ।

सभामुख घिमिरेले भने,“पत्रकारहरू जति जिम्मेवारीसाथ पत्रकारिता गर्नुपर्दथ्यो । अन्यथा नलिनुहोला । यो पत्रकार महासंघ हो । त्यो खालको छैन । पीत पत्रकारिता अहिले पनि निकै डर लाग्दो गरी छ ।”

पत्रकारिता र सरकारको बीचमा कसरी सम्बन्ध राम्रो बनाएर लैजाने होला ? भनेर चिन्ता व्यक्त गरे ।

उनले भने,“चाहे त्यो ऐन ल्याउने सन्दर्भमा होस् वा कार्यान्वयन गर्दा विनियमहरु बनाउने, नियमावली बनाउने, तिनीहरुको तल कार्यान्वयन गर्ने सन्दर्भमा होस् । यी र यस्ता समस्याहरुलाई कसरी हल गर्ने ? यो चाहीँ अलि समस्या हो । यो समस्याको समाधान गर्नु तपाई हाम्रो कर्तव्य हो जस्तो लाग्छ ।”

सभामुख घिमिरेले कानूनको अभावमा मुलुकमा ठगी बढीरहेकाले त्यसलाई नियन्त्रण हुनेगरी कानून निर्माण गर्ने काममा सरकार र राजनीतिक दलहरूलाई सचेत बनाउने काममा पत्रकारिता क्षेत्रले काम गर्नुपर्ने बताए ।

भेटघाटका क्रममा महासंघका अध्यक्ष विपुल पोखरेलले भने मिडियामैत्री कानून निर्माणमा नेतृत्वदायी निर्वाह गर्न सभामुख घिमिरेको ध्यानाकर्षण गराए ।



प्रतिक्रिया दिनुहोस !