२४ मंसिर २०८२, बुधबार

उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

प्रकाशित मिति :  17 March, 2023 4:52 pm


काठमाडाैं । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी -जसपा-का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् ।

त्यस्तै एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेशसभातर्फ १६९ र संघका १०४ सांसदले गरेको मतदानबाट १६ हजार ३२८ मतभार कायम भयो भने जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाउँदा २५३७ मतभार पाइन् ।

यस्तै, जसपाकी अर्की उम्मेदवार प्रमिला यादवले रामसाहयलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेकी थिइन् तर निर्वाचनमा उनलाई प्रदेशमा १ मतसहित ४८ मतभार पाइन् ।



प्रतिक्रिया दिनुहोस !