११ बैशाख २०८१, मंगलबार

अर्घाखाँचीको शितगंगा नगरपालिकामा जिप दुर्घटना हुँदा ७ जना घाइते

प्रकाशित मिति :  17 March, 2023 7:28 pm


अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

बुटवलबाट सन्धिखर्क जाँदै गरेको लङ्का यातायातको लु १ ज १४४० नम्बरको जिप शितगंगा नगरपालिका ४ गोर्थुममा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ७ जना घाईते भएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिए । घाइते मध्ये गम्भीर २ जनालाई उपचारका लागि बुटवल पठाइएको छ ।

घाइते हुनेमा चालक बिक्रम नेपाली, कपिलवस्तु बाणगङ्गा -७ का चन्द्र बहादुर खत्री, शितगङ्गा -२ का मिना थापा, मालारानी -५ बागीका रेमा भुसाल, मालारानी -५ का पोम नारायण भुसाल, मालारानी -५ का कृष्ण प्रसाद भुसाल र प्युठान झिमरुक गाउपालिका १ काअशोक नेपाली रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !