६ बैशाख २०८१, बिहिबार

स्ववियु निर्वाचन आज, बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान

प्रकाशित मिति :  19 March, 2023 7:22 am


काठमाडौँ । आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदै छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको छ ।

आज बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

हरेक २\ २ वर्षमा हुने स्ववियु निर्वाचन यसपालि १४ वर्षपछि हुन लागेको हो । स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न त्रिविले अपिल गरेको छ ।

त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीका अनुसार स्ववियु निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेको ।



प्रतिक्रिया दिनुहोस !