७ बैशाख २०८१, शुक्रबार

चलचित्र कलाकार संघ अध्यक्षमा मोहन निरौला निर्वाचित

प्रकाशित मिति :  19 March, 2023 8:03 am


काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् ।

सङ्घको १९ औँ महाधिवेशनमा निरौलाले २३५ मत पाएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी रेजिना उप्रेतीले २०९ मतले पाएकी छन् । निरौलाले २६ मतले उप्रेतीलाई पछि पार्दै विजयी हासिल गरेका हुन् ।

त्यस्तै संघको उपाध्यक्षमा कविता गेलाल र शिवहरि वैरागी विजयी भएका छन् । महासचिवमा सबिन श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल निर्वाचित छन् । सह–कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी थिइन् ।

सदस्यहरूमा शीतल केसी, गोपाल ढकाल ‘छन्दे’, उद्धवप्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुम्बु खड्का, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !