७ बैशाख २०८१, शुक्रबार

त्रिभुवन विश्वविद्यालयका १३ वटा क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

प्रकाशित मिति :  19 March, 2023 2:03 pm


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका १३ वटा क्याम्पसहरूमा आज स्ववियु निर्वाचन स्थगित भएको छ । आन्तरिक विवादका कारण त्रिविका १३ वटा क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्रका ७ र बाहिरका ६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको समितिले जनाएको छ ।

आज त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ ।

देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो ।



प्रतिक्रिया दिनुहोस !