२४ मंसिर २०८२, बुधबार

नेकपा एसमा जिम्मेवारी हेरफेर, उपाध्यक्षमा वेदुराम, महासचिवमा भुसाल

प्रकाशित मिति :  19 March, 2023 2:41 pm


काठमाडौं । नेकपा एकीकृत समाजवादीले जिम्मेवारी हेरफेर गरेको छ । नेकपा एमाले छाडेर एकीकृत समाजवादी प्रवेश गरेका घनश्याम भुसाललाई पार्टी अध्यक्ष माधव कुमार नेपालले महासचिवको जिम्मेवारी सुम्पेका छन् ।

आइतवार बसेको एकीकृत समाजवादी पार्टी केन्द्रीय सचिवालय बैठकले भुसाललाई महासचिवको जिम्मेवारीमा लैजाने निर्णय गरेको हो।

त्यस्तै यसअघि महासचिव रहेका बेदुराम भुसाललाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ। पार्टी प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले भुसाललाई महासचिव बनाउने निर्णय सर्वसम्मत गरिएको पनि बताए।

यस्तै बैठकले पार्टीका ४ जना केन्द्रीय उपाध्यक्षहरू घनेन्द्र बस्नेत, केदार न्यौपाने ,धर्मनाथ प्रसाद शाह र केशवलाल श्रेष्ठलाई पार्टीको केन्द्रीय सचिवालयमा सर्वसम्मत मनोनयन गरेको पार्टी प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

एमाले त्यागेर गत मंसिर ४ अघि स्वतन्त्र भएका उनी रुपन्देही क्षेत्र नम्बर १ मा चुनावमा लडेका थिए। एकीकृत समाजवादीमा प्रवेश गरेका भुसाल गत पुस ३० गते केन्द्रीय सचिवालय सदस्यमाा मनोनित भएका थिए।



प्रतिक्रिया दिनुहोस !