१३ बैशाख २०८१, बिहिबार

राेल्पामा कृषि औजार सबन्धी सिप विकास  तालिम सम्पन्न

प्रकाशित मिति :  19 March, 2023 7:13 pm


राेल्पा । राेल्पा नगरपालिका अन्तर्गतकाे ९ नम्बर वडामा पर्ने ह्वामामा कृषि औजार सबन्धी एक महिने सिप विकास  तालिम सम्पन्न भएकाे छ । 

आरन पेशाबाट आय आर्जन वृद्धि गर्न सहयाेग गर्न  रोल्पा नगरपालिका अन्तर्गतकाे गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)ले ह्वामाका १० जना मगर समुदायका पुरुषहरूलाइ तालिम दिएकाे हाे । 

आइतवार नगर उपप्रमुख गीता आर्चायले तालिममा सहभागीलाइ प्रशंसा पत्र प्रदान गरिन् । ९ नम्बर वडाका वडाध्यक्ष मिमबहादुर घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मेडपाका सबिना केसीले गरेकी थिइन् । 

कार्यक्रममा सहभागिका तर्फबाट गुरुप्रसाद बुढा र प्रशिक्षक झकबहादुर नेपालीले मन्तव्य व्यक्त गर्दै तालिम उपलब्धीपूर्ण रेहेकाे तथा आयआर्जन वृद्धि हुने अपेक्षा व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !