७ बैशाख २०८१, शुक्रबार

चोरीको मोटरसाइकल सहित एक जना नियन्त्रणमा

प्रकाशित मिति :  20 March, 2023 11:54 am


काठमाडौँ । चोरीको मोटरसाइकल सहित काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ ढुङगेअड्डाबाट एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ घर भइ हाल काठमाडौँको नैकाप बस्दै आएका ३२ वर्षीय राजेश लामालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०३ ( ००५ प ४४ ६८ लाई परिवर्तन गरी बागमती प्रदेश ०२(०३५ प ७७ ३० राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित लामालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

मोटरसाइकल सहित पक्राउ परेका लामालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी प्रहरी वृत्त नयाँबानेश्‍वर पठाइएको छ । २२० सिसीको पल्सर मोटरसाइकल काठमाडौँको सहयोगीनगरबाट गत कार्तिक २७ गते हराएको भनी कञ्चनपुरको बेदकोट नगरपालिका ४ घर भइ हाल कोटेश्‍वर बस्दै आएका कृष्ण धानुकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !