१३ बैशाख २०८१, बिहिबार

वालिङ बहुमुखी क्याम्पसमा ने .बि. संघको प्यानल विजयी

प्रकाशित मिति :  20 March, 2023 2:36 pm


स्याङ्जा । स्याङ्जाको वालिङ बहुमुखी क्याम्पसमा कांग्रेस निकट ने.बि. संघको प्यानल नै विजयी भएको छ ।

ने .बि .संघका उम्‍मेदवार सन्दिप कडेँलले चार सय ५६ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका मिलन बहादुर अर्यालले २ सय ९२ मत प्राप्त गरेका थिए ।

यस्तै सचिवमा ने .बि. संघका राजिन कुँवले ४ सय ५८ मत पाएर निर्वाचित भए भने अनेरास्ववियुका शुसान्त श्रेष्ठले २ सय ८२ मत ल्याएका थिए ।

कोषाध्यक्षमा ने .बि. संघकै सुमना लामिछानेले ४ सय ५४ मत पाएर विजयी भइन् भने निकटतम प्रतिस्पर्धी अनेरास्ववियुकी बिना रेग्मीले २ सय ७१ मत पाएकी छन् ।

यस्तै सदस्य पदमा पनि ने: बि संघका अस्विन कुमार रेग्मी, बादल लामिछाने, ओमप्रसाद गुरुङ, दिपा डालामगर, आकृति पाण्डे, सविना सुनार फराकिलो मतान्तरले विजयी भएका छन् ।



प्रतिक्रिया दिनुहोस !