एमाले राष्ट्रिय सहमतिबाट भागेको सांसद पौडेलको आरोप

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेकपा (एमाले) राष्ट्रिय सहमतिबाट भागेको आरोप लगाएका छन् ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेकपा (एमाले) राष्ट्रिय सहमतिबाट भागेको आरोप लगाएका छन् ।
जनमत सबै दललाई मिलेर जाने भए पनि एमाले सो सहमती विपरित अघि बढिरहेको उनको जिकिर थियो ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनमत अनुसार राष्ट्रिय सहमतीको कुरा गर्दा एमाले किन भागेको भनी प्रश्न समेत गरे ।
सांसद पौडेलले सहमतिको आधारमा मुलुकलाई अघि बढाउन संसदमा सबैभन्दा ठुलो पार्टी काँग्रेसलाईसँगै लिएर जाने प्रधानमन्त्री प्रचण्डको प्रस्ताव स्वभाविक भए पनि एमालेले त्यसलाई लत्याएको बताए ।
उनले राष्ट्रपति, उपराष्ट्रपतिजस्तो पदलाई दलीयकरण गरेर एमालेले मुलुकलाई सहमतीमै अघि बढाउने बाटो रोक्न खोजेको आरोप लगाए ।
पौडेलले संसद विघटन गर्न नहुने सर्वोच्च अदालतको फैसलालाई नमान्ने काम एमालेबाट फेरी आएपछि आफूहरूले सो पार्टीसँगको गठबन्धन छोडने अवस्था आएको दोहोराए ।