प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त
प्रकाशित मिति : 20 March, 2023 5:40 pm

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेका हुन् ।
बैठकमा कुल उपस्थित २६२ जना सांसद मध्ये प्रचण्डको पक्षमा १७२ मत र विपक्षमा ८९ मत परेको थियो । मत दिन्न भन्नेको संख्या १ मत रहेको थियो ।