१३ बैशाख २०८१, बिहिबार

चार दिनभित्रै सरकारलाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको भनाइ

प्रकाशित मिति :  20 March, 2023 7:00 pm


काठमाडौँ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन् ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन् । प्रतिनिधिसभामा आज विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ २/४ दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सरकारलाईं पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरुसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने पनि स्पष्ट पारे ।

उनले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आराम ढंगले सरकारले काम गर्ने दाबी समेत गरे । प्रधानमन्त्री प्रचण्डले भने,“अव आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जोजो दलहरूसँग हाम्रो गठबन्धन भएको छ, सहमती भएको छ । सबैसँग बसेर २,४ दिन भित्रमै सबै टुंग्याउने अनि काम गर्ने विचार छ । भारत भ्रमणको टुंगो छैन । सायद यो महिनाको अन्त्यतिर वा अर्को महिनाको सुरुवातमा हुन सक्दछ । जति भयो त्यो चाँही पर्याप्त छ । अब आरामसँग सरकार चल्छ । अब विकास, निर्माणको कामले गति लिन्छ ।”

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण चैत्रको अन्तिम हप्ता वा बैशाख पहिलो हप्ताभित्र हुन सक्ने बताए ।



प्रतिक्रिया दिनुहोस !