उप–निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आग्रह
प्रकाशित मिति : 21 March, 2023 9:19 am
काठमाडौँ । आगामी वैशाख १० गते हुने उप -निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको छ ।
रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो ।
आयोयले चितवन २ को लागि यसअघि नै दल दर्ता गरेको थियो । रिक्त भएको तनहुँ -१ र बारा-२ को उपनिर्वाचनमा भाग लिन आयोगले दल दर्ताका लागि आग्रह गरेको हो ।
आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको छ ।








