२८ माघ २०८२, बुधबार

ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते

प्रकाशित मिति :  21 March, 2023 10:31 am


कैलाली । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

सोमबार राति जोशीपुर गाउँपालिका(७ को हजारीबारामा से १ त ८८७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा उनीहरू दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदीप चन्दका अनुसार अनियन्त्रित भएर ट्याक्टर पल्टिँदा भजनी ९ की चाहाना चौधरी र दिलरानी चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा परेर घाइते भएका भजनी नगरपालिकाकै १६ जनाको घोडाघोडी अस्पताल र १२ जनाको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको डीएसपी चन्दले बताए । उनका अनुसार घाइतेहरूको अवस्था खतरामुक्त रहेको छ ।



प्रतिक्रिया दिनुहोस !