राहदानी विभाग आज पनि खुला
प्रकाशित मिति : 21 March, 2023 11:01 am
काठमाडौँ । राहदानी विभागले मङ्गलवार पनि सेवा दिने भएको छ। घोडेजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजिनक बिदा दिए पनि विभागले आफ्नो सेवा नरोकिने जनाएको हो ।
विभागले एक सूचना जारी गर्दै सार्वजनिक विदा भए पनि राहदानी विभाग खुला रहने जनाएको छ ।
विभागका अनुसार कार्यालय बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म विभाग खुला रहनेछ ।









