२५ मंसिर २०८२, बिहिबार

आयोगहरुलाई जागिर खाने थलोको रुपमा विकास गर्न हुँदैन : अध्यक्ष तिमिल्सिना

प्रकाशित मिति :  21 March, 2023 3:52 pm


काठमाडौ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगहरुका कामकारवाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार मुस्लिम आयोगले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरुलाई काम कारवाहीप्रति असन्तुष्टि राख्दै आयोगलाई जागिर खाने थलोको रुपमा विकास गर्न नहुने बताए ।

कार्यक्रममा बोल्दै उनले सबै समुदायको प्रतिष्पर्धी क्षमता विकासका लागि गठन गरिएका संवैधानिक आयोगहरुले सोही अनुसार काम गर्नुपर्ने स्पष्ट पारे ।

अध्यक्ष तिमिल्सिनाले आफ्नो परिभाषित जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेर आफ्नो औचित्य पुष्टि गर्न पनि सबै संवैधानिक आयोगहरुलाई आग्रह गरे ।
 
उनले भने, ‘आयोगहरुलाई चाहिने न्युनतम स्रोत, साधन उपलब्ध गराउन सरकारले कन्जुस्याई गर्न हुँदैन । त्यो उपलब्ध गराउनु पर्छ । र, आयोगहरुले पनि आफ्नो सृजनात्मक, रचनात्मक क्षमताका साथ दिएको जिम्मेवारीहरु, परिभाषित कामहरुलाई कुशलतापूर्वक पूरा गर्न जति तपाईहरु रचनात्मक हिसाबले लाग्नुहुुन्छ । त्यसको औचित्य त्यति नै पुष्टि हुन्छ । सबै आयोगहरुका लागि त्यही नै हो ।’

अध्यक्ष तिमिल्सिनाका अनुसार जसरी मुस्लिम आयोगका बारेमा अन्तरिम संविधानमा पनि कुनै कुरा नलेखिएका कारण यसलाई आयोगको रुपमा राख्नुपर्छ भनेर आन्दोलन भयो । धेरैले आन्दोलनको अगुवाई गरे त्यस मध्येको प्रमुख एक माननीय समिम मियाँ अन्सारी हुन् ।

यस्तो दिन हामीले ल्याउन सकौं–कि हाम्रो मुस्लिम समुदाय, मधेसी समुदाय, थारु समुदाय, जनजाति वा कुनैपनि समुदाय अब कुनै आरक्षण, कुनै संरक्षणको अब जरुरी छैन तिमिल्सिनाले भने । हामी एकसेएक सबै ठाउँमा प्रतिष्पर्धा गर्न सक्षम भयौँ । अब यी आयोग जरुरी छैन भन्ने घोषणा गर्ने बनाउने हो । यो अनन्त कालसम्म आयोग रहनुपर्छ भन्ने मानसिकता भयो भने त्यहाँ विभेद छ भन्ने बुझनुपर्छ । र, त्यो सक्षम भएको रहेनछ भनेर बुझ्नुपर्दछ ।’

अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरु अनन्त कालसम्मका लागि नभएको उल्लेख गर्दै केही वर्ष भित्रै त्यसको आवश्यक नहुने गरी काम गर्नुपर्ने पनि स्मरण गराए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर  मगरले नागरिकका हक, अधिकारको संरक्षण र संवद्र्धन गर्न आयोग प्रतिवद्ध रहेको बताउनु बताए ।

उनले सबै संवैधानिक आयोगहरुसँग सहकार्य र समन्वय गरेर आयोगले आफ्नो कामलाई अघि बढाइरहेको दाबी गर्दै भने, ‘अब जहाँसम्म मानव अधिकार आयोग छ । राष्ट्रिय मानव अधिकार आयोग नागरिकहरुको हक, अधिकार संरक्षण र संवद्र्धन गर्ने कुरामा सदैव सजग छ । सम्पूर्ण आयोगहरु दलित आयोग, जनजाति आयोग, मुस्लिम आयोग भयो । थारु आयोग भयो । सबै आयोगहरुसँग मिलेर हामी काम गरिरहेका छौं । र, उहाँहरुलाई के कस्तो समस्या पर्छ रु के कुराको सहयोग चाहिन्छ रु हामी सहयोग गरेर समन्वय गरेर लागिरहेका छौं ।’



प्रतिक्रिया दिनुहोस !