२४ मंसिर २०८२, बुधबार

सरकारमा सहभागी हुने विषयमा छलफल गर्न कार्यदल गठन

प्रकाशित मिति :  21 March, 2023 5:11 pm


काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुन कार्यदल गठन गरेको छ । मंगलबार पार्टी केन्द्रिय कार्यलयमा बसेको बैठकले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेस हमाल र पार्टी महासचिव घनश्याम भुसालसहितको तीन सदस्य कार्यदल गठन गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । 

बैठकमा सरकारमा जाँदा कस्त नीति कार्यक्रम लिएर जाने भन्ने बारेमा पनि छलफल भएको प्रवक्ता खतिवडाले बताए ।

उनले भने ‘सरकारमा जाने विषयमा निर्णय भएको छ । पार्टी सत्ता पक्षमा बसिसकेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेको छ । सरकारमा जाने र यसबारे वृहत ढंगले सोच्नुपर्ने भएकाले त्यसका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष प्रमेस हमाल र पार्टी महासचिव घनश्याम भुसाल तीन सदस्य कार्यदल गठन गरेको छ ।’

उक्त समितिले नीति तथा कार्यक्रमा राख्ने बारेमा पनि सोच्नुका साथै सरकारमा कसरी अघि बढ्ने भन्ने बारेमा सचिवालयमा प्रश्ताव दिने खतिवडाले बताए ।



प्रतिक्रिया दिनुहोस !