७ बैशाख २०८१, शुक्रबार

‘बाख्राको गोठालो चितुवालाई दिएपछि यो हालत भयो’

प्रकाशित मिति :  21 March, 2023 5:30 pm


काठमाडाैँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संविधानसभामा माओवादीले धेरै मत पाउन नसकेका कारण दलित, जनजाति लगायतका उत्पीडत जातिहरुले पर्याप्त हक, अधिकार नपाएका बताए ।

मंगलबार ५८ औँ अन्तर्राष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवस (२१ मार्च)को सन्दर्भमा काठमाडौँमा आयोजित सार्वजनिक समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले दलित, जनजाति लगायतका उत्पीडत जातिहरुले संविधान बनाउने बेलामा माओवादीलाई बुझ्न नसकेका बताएका हुन् ।

उनले मत हाल्ने बेलामा माओवादीलाई नसम्झेका कारण आज उत्पीडित जातजातिको पर्याप्त हक, अधिकार सुनिश्चित हुन नसकेको बताए । उनले मत अरूलाई दिएर ‘बाख्राको गोठालो चितुवा’ लाई बनाएको टिप्पणी गरेका थिए ।

उनले भने, ”माओवादी आन्दोलनको कारणले आज बोल्न नसकेका दलितहरु बोल्न पाए । आज समावेशिको नाममा माओवादीका मन्त्रीमण्डलमा २\३ जना जनजाति छौँ । एक जना दलित छौँ । एउटा थारुको छोरा छौँ । वास्तवमा समाजको विभेद अन्त्य गर्नको निम्ति माओवादी आन्दोलन थियो । जतिखेर माओवादी आन्दोलनको एउटा सुत्रधार संविधानसभामा संविधान कोर्ने बेला थियो त्यतिबेला हामीले बुझ्न सकेनौँ । ” 

मन्त्री मोदीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा जातिय मुक्ति आन्दोलनको नेतृत्व गरेको भन्दै उनले नेपालको नेल्सन मण्डेलाको संज्ञा दिए ।



प्रतिक्रिया दिनुहोस !